News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा तथ्यांक संकलनका क्रममा बिरामी परेका कर्मचारी कमल डाँगीलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पुर्याइएको छ।
- उद्धारको पहल जिल्ला प्रशासन कार्यालय डोल्पाले गरेको थियो र उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले बताए।
२९ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा तथ्यांक संकलनका क्रममा बिरामी परेका एक कर्मचारीको हेलिकप्टरबाट उद्धार गरीएको छ ।
तथ्याङ्क संकलनको क्रममा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा खटिएका गणक कमल डाँगी अचानक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले उद्धारका लागि पहल गरेको थियो ।
सोही अनुसार उनलाई हवाई उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकार रमेश पौडेलले जानकारी दिए ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०८२/८३ अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली काठमाडौंको टोलीसँग कार्यरत डाँगी दुर्गम क्षेत्रमा कार्यरत रहेका बेला बिरामी परेका थिए ।
स्थलमार्गबाट तत्काल उपचार सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्ष रुकबहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया 4