+
+

६ महिनाकी गर्भवतिमाथि आगजनी, श्रीमान पक्राउ

४ असोज, नेपालगञ्ज । बाँकेको लक्ष्मणपुरमा ६ महिनाकी गर्भवती महिलालाई आगो लगाइएको छ ।

भारत रुपैडिया केवलपुर, सांकेतनगरमा सैजदा बेगम कबडियालाई बिहान ९० प्रतिशत शरीर जलेको अवस्थामा शनिबार भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ४ गते २०:०७

Sajaida-begam

आरपी सुवेदी

४ असोज, नेपालगञ्ज । बाँकेको लक्ष्मणपुरमा ६ महिनाकी गर्भवती महिलालाई आगो लगाइएको छ ।

भारत रुपैडिया केवलपुर, सांकेतनगरमा सैजदा बेगम कबडियालाई बिहान ९० प्रतिशत शरीर जलेको अवस्थामा शनिबार विहान भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना गर्दा बांँके नेपालगन्ज-१२ भनी पीडित महिलाको ठेगाना लेखाइएको छ । तर, प्रहरीले भारतको रुपैडियामा उनीमाथि आगजनी भएको र उपचारका लागि नेपालगञ्ज ल्याइएको हुन सक्ने आशंका गरेको छ ।

उनको माइती नेपालमा रहेको बुझिएको छ । कबडियाले भने घटनाबारे केही बताउन चाहेकी छैन ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सैजदाका श्रीमान साबिर राय कबडियालाई नियन्त्रणमा लिएको छ । गलत ठेगाना र आफन्तहरुको पहिचान नदिएकाले घटना रहस्यमय रहेको बांँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?