+
+
Shares

मातातीर्थमा आमाको स्मरण (तस्वीरहरू)

मातातीर्थमा बिहानैदेखि स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ४ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ।
  • आमा नहुनेहरूले मातातीर्थ कुण्डमा स्नान गरी दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास राख्छन्।
  • तीर्थ परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित 'साझा आमा' मूर्ति स्थापना गरिएको छ।

४ वैशाख, काठमाडौं । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ ।

बिहानैदेखि स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?