+
+
Shares

रोल्पामा आँगनमा खेल्ने क्रममा लडेका बालकको मृत्यु

त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको त्रिवेणी गाउँपालिका-६ सानो भुर्तीमा ५ वर्षीय बालक शंकर ओली लडेर घाइते भएर मृत्यु भएको छ।
  • बालक शंकर घरको आँगनमा खरमा खेल्दा लडेर घाइते भएका थिए र उपचारका लागि नेर्पा स्वास्थ्य चौकी पुर्‍याइए।
  • स्वास्थ्य चौकीमा चिकित्सकले शंकरलाई मृत घोषणा गरेका छन् र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

४ वैशाख, रोल्पा । रोल्पामा लडेर एक बालकको ज्यान गएको छ ।

त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको आँगनमा थुपारेर राखिएको खरमा खेल्ने क्रममा उनी लडेर घाइते भएका थिए ।

खेल्ने क्रममा लडेर घाइते भएका शंकरलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी जुगार पुर्‍याइएको थियो ।

स्वास्थ्य चौकी पुर्‍याइए पनि चिकित्सले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?