News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडियन सुन्दर खनालले टिभी शो ‘कमेडी दरबार’को तेस्रो सिजनबाट बाहिरिएर नयाँ शो ‘कमेडी बाज’ लिएर आउनुभएको छ।
- ‘कमेडी बाज’ रोस्टिङ शो हुनेछ र यसको मूल अवधारणा ‘ब्याटल’ फम्र्याटमा आधारित छ, जुन इमेज टिभी र युट्युबबाट प्रसारण हुनेछ।
- शो वैशाख दोस्रो सातादेखि प्रसारण हुनेछ र सुन्दर खनाल, आरती थापा, पवन खतिवडा लगायतका कलाकारहरू सहभागी हुनेछन्।
काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’को तेस्रो सिजनबाट बाहिरिएका कमेडियन सुन्दर खनालले अलग्गै कमेडी शो लिएर दर्शकमाझ आउने भएका छन् । उनले शुक्रबार यसको टिजर सार्वजनिक गरेका छन् ।
शोको नाम ‘कमेडी बाज’ राखिएको छ । सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । तर शोको संरचनाबारे भने जानकारी गराइएको छैन ।
बुझिए अनुसार ‘कमेडी बाज’ रोस्टिङ शो हुनेछ । बिभिन्न क्षेत्रका पाहुनालाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ । शोबारे खनाल भन्छन्, शोको मूल अवधारणा ‘ब्याटल’ फम्र्याटमा आधारित छ । अहिलेका लागि यत्ति भनौं बाँकी पुरा एपिसोडमा हामीले अवश्य देखाउनेनै छौं ।’
खनालका अनुसार, यो शो इमेज टिभी र सुन्दर खनालको युट्युब च्यानलबाट प्रसारण हुनेछ । टिजरमा शोका होस्टहरू सुन्दर र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, सुशान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकार पनि हुनेछन् ।
शोको प्रसारण वैशाख दोस्रो सातादेखि हुने जनाइएको छ । ‘कमेडी बाज’ मा देखिएका अधिकांश कमेडियन ‘कमेडी दरबार’ मा आबद्ध छन् । यसबारे भने उनीहरुले दुबै शोमा देखिने बताएका छन् ।
प्रतिक्रिया 4