+
+
Shares

महिला सांसदले हाँक्नेछन् ६ संसदीय समिति

संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् । यसमध्ये दुई सभापतिमा महिला र दुई सभापतिमा पुरुष सभापति रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १९:३०

४ वैशाख, काठमाडौं । संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । यसमध्ये ६ वटा संसदीय समितिको नेतृत्वमा महिला पुगेका छन् ।

संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् । यसमध्ये दुई सभापतिमा महिला र दुई सभापतिमा पुरुष सभापति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्ती देवी राई छन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्ण बहादुर रोकाय छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा संसदीय समिति छ । दुवै सभा अन्तर्गत दुई वटा संयुक्त समिति छ । यी १२ वटा संसदीय समितिको सभापतिको निर्वाचन सोमबार भएको हो ।

शुक्रबार निर्वाचित भएका १२ संसदीय समिति सभापतिहरूमध्ये ४ जना महिला रहेका छन् ।

कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा ओजस्वी शेरचन निर्वाचित भए ।

बाँकीमा पुरुष सांसदले नेतृत्व पाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ,  उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी छन् ।

सार्वजनिक लेखा समिति सभापतिमा भरत खड्का र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा गणेश कार्की निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?