+
+
Shares

घरेलु हिंसामा परेको भन्दै ९८ पुरुषले काठमाडौं प्रहरीमा दिए उजुरी

पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो ६ महिनामा काठमाडौंमा ९८ पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पुरुषमा घरेलु हिंसाको उजुरी बढेको बताए।
  • यस अवधिमा ६२९ महिलाले पनि घरेलु हिंसाको उजुरी दिएका छन् र केहीलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ।

४ वैशाख, काठमाडौं । घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको प्रहरीले बताएको छ ।

पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनका अनुसार पछिल्लो समय पुरुष व्यक्ति घरेलु हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढ्दो छ । ‘पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो । तर हामी कहाँ पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको छ’ एसपी भट्टराईले बताए ।

९८ जना बोहक यही अवधिमा काठमाडौंमा १३ पुरुषले पनि आफू घरेलु हिंसामा परेको भन्दै ठाडो उजुरी निवेदन दिएका छन् ।

यही अवधिमा ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् । ठाडो निवेदनको संख्या भने २९९ छ ।

यसरी आएका उजुरीहरुलाई प्रहरीले कतिपयलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको छ । केहीलाई भने सुरक्षित आवास गृहका लागि विभिन्न संघ संस्थामा समेत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?