+
+
Shares

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

रासस रासस
२०८२ मंसिर २४ गते २२:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय महिला आयोगले पछिल्लो ६ वर्षमा ७३४४ हिंसाका घटना दर्ता भएको र ८८ प्रतिशत घरेलु हिंसा रहेको जनाएको छ।
  • आयोगका सचिव रेखा कँडेलले २६ देखि ४० वर्ष उमेर समूहका महिलाहरु बढी हिंसामा पर्ने जानकारी दिइन्।
  • राष्ट्रिय महिला आयोगले महिला अधिकार क्षेत्रमा सक्रिय काम गर्ने प्रतिबद्धता जनाउँदै हेल्पलाईन सेवा स्थापना दिवस मनाएको छ।

२४ मंसिर, काठमाडौं । राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिएकी हुन् ।

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा जसमा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ । सचिव कँडेलकै अनुसार हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् ।

निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ ।

गत आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी एक हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगत झैँ आगामी दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

सोही कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार शर्मिला पाठक सम्मानित भएकी छन् ।

पाठकलाई राससमा रही लैङ्गिक न्यायको क्षेत्रमा संवेदनशील भई निरन्तर कलम चलाएर सचेतना अभिवृद्धि गरेको भन्दै सम्मान गरिएको हो ।

पाठकसँगै अन्य मिडियाकर्मी र आयोगकै केही कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?