६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलस्थित एक क्याफेमा आगलागी भएको छ ।
आइतबार अपरान्ह चाबहिलस्थित हाजीपुर चिया क्याफेमा आगलागी भएको हो ।
आगलागीका कारण चिया क्याफेको पुरै संरचना जलेर नष्ट भएको छ । आगलागीको जानकारी प्राप्त हुने बितिकै काठमाडौं महानगरको वारुणयन्त्रण पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीका कारण वरिपरि रहेका अन्य संरचनामा समेत क्षति पुगेको छ । ग्याल लिक भइ आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागीबाट मानवीय क्षति नभएपनि लाखौको भौतिक क्षति भएको प्रारम्भीक अनुमान रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4