+
+
Shares

अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबरालाई अडियो प्रकरणमा निलम्बनको प्रक्रिया अघि बढाइएको छ।
  • वरिष्ठ सई जबराले आफैंले बनावटी कथा रचेर संगठनलाई बद्नाम गर्ने उद्देश्यले व्यापारीसँग फोन गरी अडियो प्रचार गरेको आरोप लागेको छ।
  • मधेश प्रदेश प्रहरी कार्यालयले अनुसन्धान र छानबिन कार्य भइरहेको र डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको विषयमा छानबिन अघि बढाएको जनाएको छ।

८ वैशाख, काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ ।

वरिष्ठ सई जबराले आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर अडियो बनाई प्रचार गरेको आरोप छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।

‘संगठनलाई नै बद्नाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ ।’

वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ । उक्त संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुराहरू गरिएको छ ।

डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको भन्दै डीआईजी कार्यालयले यस विषयमा छानबिन अघि बढाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?