News Summary
Generated by OK AI. Editorially reviewed.- कजारिया रमेश टायल्सले चितवनस्थित मंगलपुरमा नयाँ शोरुम सोमबार उद्घाटन गरेको छ।
- कजारियाका निर्देशक हिमांशु अग्रवालले चितवनमा उच्च गुणस्तरका टायल समाधान प्रदान गर्ने सम्भावना रहेको बताए।
- कम्पनीले आईएसओ ९००१ः२०१५, आईएसओ १४००१ः२०१५ प्रमाणीकरण र एनएस क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको छ।
८ वैशाख, चितवन । देशभर विस्तार हुने क्रममा कजारिया रमेश टायल्सले चितवनस्थित मंगलपुरमा नयाँ शोरुम सञ्चालन गरेको छ । अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो ।
समारोहमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालको पनि उपस्थिति थियो । चितवन तथा आसपासका ग्राहकलाई कजारियाका प्रिमियम टायल समाधान अझ सहज रूपमा उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा काम गर्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा कजारियाका निर्देशक अग्रवालले अथर्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा उपस्थिति विस्तार गर्न पाउँदा खुसी लागेको बताए । ‘यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौं’ उनले भने ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरू पाएको छ, जसमा सुपरब्रान्ड २०२५ को उपाधि, एसियाज् मोस्ट प्रोमिसिङ ब्रान्डको मान्यता तथा विश्वका ८ औं ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन् ।
गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धतालाई आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै एनएस क्वालिटी अवार्ड २०२६ समेत प्राप्त गरेको छ ।
कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4