+
+
WC Series
Nepal
0/0
VS
UAE
48/4 (7.2)
Shares

घट्यो कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:४९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सदस्य संख्या २१ बाट घटाएर १५ सदस्यीय बनाइएको छ।
  • प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले समितिको सदस्य संख्या घटाउने प्रस्ताव पेस गरेको छ।
  • समितिमा उपसभामुख र संसदीय मामिला मन्त्री पदेन सदस्य हुने व्यवस्था गरिएको छ।

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या घटाइएको छ ।

हाल यो समिति २१ सदस्यीयसम्म हुन सक्ने प्रावधान छ । यसलाई बदलेर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले  कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय हुने बनाएको छ ।

बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न यो समिति गठन गर्ने गरिएको छ ।

सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा समेत परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्य बाहेक बढीमा १५ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने प्रावधान राखिएको छ ।

यो समितिमा उपसभामुख पदेन उपाध्यक्ष र संसदीय मामिला मन्त्री पदेन सदस्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?