News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले डिजेल इन्जिनका सवारीसरह भाडा बढाए कारबाहीको चेतावनी दिएको छ।
- विद्युतीय सवारी साधनले बढेको भाडा बराबर रकम असुल गरेको गुनासो आएपछि विभागले यस्तो चेतावनी दिएको हो।
- विभागले अन्तर्राष्ट्रिय जैविक इन्धन मूल्यवृद्धि अनुसार २५ चैतमा भाडा समायोजन गरेको थियो तर विद्युतीय सवारी समावेश नरहेको स्पष्ट पारेको छ।
८ वैशाख, काठमाडौं । विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो चेतावनी दिएको हो । अन्तर्राष्ट्रिय स्तरमा जैविक इन्धनको मूल्यवृद्धि भएकोमा स्वचालित भाडा प्रणाली अनुरुप २५ चैतमा भाडा समायोजन गरिएको थियो ।
यस्तो समायोजनमा विद्युतीय सवारी साधन प्रयोग गर्ने यातायात सेवा प्रदायक समावेश नरहेको विभागले स्पष्ट पारेको छ । तर, विद्युतीय सवारी साधनले बढेको भाडा बराबर नै रकम असुल गरेको गुनासो आएपछि विभागले कारबाहीको चेतावनी दिएको हो ।
यस व्यवस्थाको विपरित काम गरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने विभागले स्पष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4