+
+
Shares

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट, पाउनेको संख्या २.८ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपोलो हाइड्रोपावर कम्पनीको आईपीओमा २७ लाख २७ हजार ११७ जनाले आवेदन दिएका थिए र ७८ हजार २० जनाले मात्र सेयर पाएका छन्।
  • कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेत्रबाट बग्ने बुकुखोलामा ६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरेको छ।
  • आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ छ र साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ।

११ वैशाख, काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। गत चैत २६ देखि वैशाख २ गतेसम्म आवेदन खुलाइएको यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा २७ लाख २७ हजार ११७ जनाको आवेदन स्वीकृत भएको थियो । तीमध्ये ७८ हजार २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिएकामध्ये सेयर पाउनेको संख्या जम्मा २.८६ प्रतिशत मात्रै हो ।  आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेबाट बग्ने बुकुखोलामा विद्युत् आयोजना निर्माण गरेको छ । ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना सम्पन्न भइसकेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०८१/८२ मा १११.९९ रुपैयाँ छ । त्यस्तै सो अवधिमा प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ छ । कम्पनीले केयर रेटिङबाट बीबी माइनस रेटिङ पाएको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ । केयर रेटिङ नेपालले बीबी माइनर रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?