+
+
Shares

कर्णाली चलचित्र महोत्सव ११ बैशाखदेखि, छायांकन गन्तब्य बनाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशको कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना हुने भएको छ।
  • महोत्सव उद्घाटन ११ बैशाखमा हुनेछ र सोही दिन चलचित्र पर्यटन संवाद आयोजना गरिनेछ जसमा विभिन्न तहका प्रतिनिधि र कलाकार सहभागी हुनेछन्।
  • दोस्रो दिन सल्यानको कुपिण्डे दहमा चलचित्र पर्यटन समारोह हुने र उत्कृष्ट कथालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए।

सुर्खेत । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । ‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने अभियानका साथ सुरु हुन लागेको महोत्सव उद्घाटन ११ बैशाखमा हुनेछ ।

सोही दिन ‘चलचित्र पर्यटन संवाद’ समेत आयोजना गरिनेछ । संवाद कार्यक्रममा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिसहित कलाकारको सहभागिता हुने जनाइएको छ ।

दोस्रो दिन सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने भएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीमा प्रचुर सम्भावना भएर पनि फिल्म र पर्यटन गतिविधि शून्यप्रायः रहेको अवस्थामा महोत्सव कोशेढुंगा हुने बताए ।

संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कर्णालीको माटो र कथालाई विश्व मानचित्रमा स्थापित गर्दै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने महोत्सवको दीर्घकालीन योजना रहेको निर्देशक चन्दले बताए ।

यस वर्षको महोत्सवको विशेष आकर्षणका रूपमा फिल्मको ‘कथा प्रतियोगिता’लाई अघि सारिएको छ । उत्कृष्ट कथालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?