News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार नेप्से परिसूचक १.५४ अंक बढेर २७८८ अंकमा पुगेको छ।
- शुक्रबार ८७ कम्पनीको मूल्य बढ्दा १६८ को घटेको छ र १४ कम्पनीको मूल्य स्थिर छ।
- पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ।
११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ ।
यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो ।
आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको भयो ।
८७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढे ।
अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।
मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।
प्रतिक्रिया 4