११ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा बिहीबार पहिलो चरणको मतदान सकिएको छ । पहिलो चरणको मतदानपश्चात केन्द्रीय गृहमन्त्री एवं भारतीय जनता पार्टी(बीजेपी)का वरिष्ठ नेता अमित शाहले पहिलो चरणमा निर्वाचन सकिएका १५२ सिटमध्ये आफ्नो पार्टीले ११० सिट जित्ने दाबी गरेका छन् ।
‘हामीसँग जो सुझाव आएको छ, त्यसअनुसार बंगालमा जनताले आफ्नो भविष्य पहिलो चरणमै तय गरिसकेका छन्,’ शुक्रबार पत्रकार सम्मेलनमा गृहमन्त्री शाहले भने, ‘त्यहाँ भारी भोटिङ भएको छ । यसले बताउँछ कि दिदी जानेवाला छन् । बीजेपी आउनेवाला छ । भय जानेवाला छ र भरोसा आउनेवाला छ ।’
‘दिदी’ भनेर उनले पश्चिम बंगालमा १५ वर्ष एकछत्र शासन गरेकी मुख्यमन्त्री ममता बनर्जीलाई भनेका हुन् । जहाँ बनर्जीको पार्टीले पछिल्ला तीन निर्वाचन जित्दैआएको थियो ।
उनले पश्चिम बंगालमा बीजेपीबाट बन्ने मुख्यमन्त्री बंगाली मिडियममै पढेको बन्ने पनि दाबी गरेका छन् । ‘म दिदीलाई भन्न चाहन्छु कि बंगालमा अबको मुख्यमन्त्री बंगालमै जन्मलिनेवाला छ, बंगाली मिडियममा पढेलेखेको र बंगाली बोल्नेवाला हुनेछ । यस्तो हो– त्यो तपाईँको भतिजो हुने छैन, भारतीय जनता पार्टीको कार्यकर्ता हुनेछ,’ गृहमन्त्री शाहले भनेका छन् ।
प्रतिक्रिया 4