+
+
Shares

सुर्खेतमा २ थान भरूवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १७:०२

१२ वैशाख, सुर्खेत । सुर्खेतमा दुई थान भरूवा बन्दुक बरामद भएको छ ।

बराहताल गाउँपालिका–१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?