+
+
Shares

बीपी राजमार्गमा अलपत्र यात्रुलाई फलफूल वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग डाइभर्सन बगेर अवरुद्ध भएको छ।
  • प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्नेछ।
  • रोशी खोलामा अलपत्र यात्रुहरूलाई स्थानीय होटल व्यवसायी र प्रहरीले फलफूल, चाउचाउ, पानी वितरण गरेका छन्।

१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ ।

राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाली प्रहरीले फलफूल वितरण गरेका हुन् ।

स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीको सयोगमा रोशी खोलामा फसेका यात्रुहरूलाई फलफूल, चाउचाउ, पानी लगायत वितरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सम्भवत: आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे ।

यो राजमार्ग शनिबार दिउँसो ४ बजेदेखि अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?