विमानमा यात्रा गर्दा खराब मौसम सधैं च्यालेन्जिङ हुने गर्छ । यस पटक गायिका रचना रिमाल त्यसैको मार्कामा परिन् । हिजो शनिबार नै उनको झापा जानु पर्ने थियो । तर, खराब मौसमका कारण उनी हिजो जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौं फर्कियो ।
फेरि आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, फेरि मौसम खराबीका कारण उनी गन्तव्यमा पुग्न सकिनन् । उनको प्लेन जनकपुरमा ल्यान्ड भयो । अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन् ।
जनकपुरमा ठूलो पानी परिरहेको देखिन्छ । कालो बादल आकाशमा मडारिरहेको देखिन्छ ।
भिडियोमा उनले अब गाडीबाट गन्तव्यमा जान लागेको बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4