+
+
Shares

फ्यानले आफ्नो मुहारको ट्याटु खोपाएपछि रचना : मायाको भारी बोकाइदिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रचना रिमालले सामाजिक सञ्जालमा एक फ्यानले उनको मुहारको ट्याटु हातमा खोपाएको भिडियो सेयर गरेकी छिन्।
  • रचनाले फ्यानप्रति आफ्नो प्रेम व्यक्त गर्दै लेखेकी छिन्, 'मनले नै थाम्न गाह्रो हुने गरि जुन मायाको भारी बोकाउनुभएको छ, त्यो बोकेर हिँडिरहन सकूँ भगवान।'
  • उनले भनिन्, 'म त आफ्नो कर्म मात्रै गरिरहेकी छु र त्यो सबै हजुरहरूको आशीर्वाद हो' र फ्यानप्रति धेरै सम्मान व्यक्त गरिन्।

काठमाडौं । समकालिन गायिकामध्ये रचना रिमालको लोकप्रियता अग्रपंक्तिमा आउँछ । विवादमा सितिमिति नआउने उनी ‘जिरो हेटर्स’ गायिका पनि हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी जहाँ जान्छिन्, उनको प्रशंसा भैरहन्छ ।

संगीतसँगै अध्ययन, खेलदेखि सोसल मिडियामा कन्टेन्ट क्रिएसनसम्म उनी सक्रिय छिन् । यी कुराको उनको रुचिमा देखिएको विविधता दर्शाउँछ । फ्यान पनि रचना भनेपछि हुरुक्कै गर्छन् ।

एक क्रेजी फ्यानले त उनको मुहारको ट्याटु नै हातमा खोपेर गायिकाप्रतिको प्रेम दर्शाएका छन् । सामाजिक सञ्जालमा रचनाले सेयर गरेको एक भिडियोमा ती फ्यानले उनको ट्याटु खोपाएको देखिन्छ ।

प्रशंसकको यो प्रेमलाई लिएर रचना खुसी पनि छिन् । सामाजिक सञ्जालमार्फत नै उनले ती फ्यानप्रतिको प्रेम व्यक्त गरेकी छन् । ‘मनले नै थाम्न गाह्रो हुने गरि जुन मायाको भारी बोकाउनुभएको छ, त्यो बोकेर हिँडिरहन सकूँ भगवान’ भन्दै उनले लेखेकी छन् ।

फ्यानको यो माया र सम्मान देखेर आफू भावुक बनेको रचनाले बताएकी छन् । ‘म त आफ्नो कर्म मात्रै गरिरहेकी छु । जहाँ, जस्ती छु, त्यो सबै हजुरहरूको आशीर्वाद हो’ उनी लेख्छिन्, ‘हजुरप्रति मेरो हृदयबाट धेरै सम्मान छ । लेख्न धेरै मन हुँदाहुँदै पनि सकिँन । धेरै माया छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?