News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छन्।
- उनले सामाजिक सञ्जालमा मताधिकार सुरक्षित गर्न सबैलाई आग्रह गरेकी छन्।
- सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ र कात्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिने जनाइएको छ।
काठमाडौं । गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकी छन् ।
उनले समयमै मताधिकार सुरक्षित गर्न पनि आग्रह गरेकी छन् । सरकारी सेवा चुस्त दुरुस्त पाएको बताउँदै उनले लाइन बसेको १० मिनेटमै काम सकिएकोमा खुसी दर्शाएकी छन् ।
उनले यसको जानकारी सामाजिक सञ्जालबाट दिँदै प्रशंसकलाई मताधिकार सुरक्षित गर्न आग्रह गरेकी हुन् ।
उनले लेखेकी छिन्, ‘ आज जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु । सरकारी सेवा यस्तो चुस्तदुरुस्त पनि हुने रहेछ । कार्यालय पुगेर लाईन बसेको १० मिनेट आसपासमै काम सकियो । एकदमै सहज र व्यवस्थित रुपमा दर्ता कक्ष संचालन भैरहेको पाए । हजुरहरू पनि उमेर पुगि नाम दर्ता छुटाउनु भएको छ भने समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोला है ।’
सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । कात्तिक मसान्तसम्म आयोगको वेबसाइटमार्फत मतदाता नामावली दर्ता गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया 4