१३ माघ, काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को८प ८४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा चालक सुनसरी दुहबी नगरपालिका-४ बस्ने ४६ वर्षीय नरसिंह राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4