+
+
Shares

दुई घण्टा ढिला गरी सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १३:०७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक १३ वैशाखमा काठमाडौंमा दुई घण्टा ढिला भएर सुरु भएको छ।
  • सभापति गगन थापाले संसदीय दलको नेता सहमतिका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको उनले बताए।
  • कार्यसम्पादन बैठकपछि सभापति थापाले दलको कार्यालयमा सांसदहरूसँग दलका नेता छनोटबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो ।

बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम छ।

कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले  दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने एक नेताले बताए ।

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?