+
+
Shares

अनुमति नलिई शाखा कार्यालय सञ्चालन गर्ने म्यानपावरलाई २ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको एसोसिएट वेलकम इन्टरनेसनललाई २ लाख रूपैयाँ जरिबाना गरेको छ।
  • एसोसिएट वेलकम इन्टरनेसनलले बाग्लुङमा शाखा कार्यालय खोलेर टिकटकमा विज्ञापन गरेको पाइएको थियो।
  • मास ह्युमन रिसोर्सेस र टेस्ला ओभरसिजलाई विभागले पहिलो पटकका लागि सचेत गराएको छ।

१४ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गर्ने एक म्यानपावर कम्पनीलाई २ लाख रूपैयाँ जरिबाना गरेको छ ।

काठमाडौंको बसुन्धारामा रहेको एसोसिएट वेलकम इन्टरनेसनललाई विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमा विज्ञापन गरेको भन्दै २ लाख रूपैयाँ जरिबाना गरेको हो ।

विभागले वैदेशिक रोजगार ऐनको दफा ४८ बमोजिम अनुमतिबिना शाखा कार्यालय खोलेको भन्दै २ लाख रूपैयाँ जरिबाना गरेको हो ।

दफा ४८ मा कुनै पनि इजाजतपत्रवाला (म्यानपावर) ले विभागको अनुमति नलिई शाखा कार्यालय खोलेमा प्रत्येक शाखाका लागि २ लाख रूपैयाँका दरले जरिबाना गरी उक्त कार्यालय बन्द गर्न आदेश दिन सक्ने व्यवस्था छ । सोही अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

उक्त म्यानपावरले बाग्लुङमा शाखा कार्यालय स्थापना गर्दै सामाजिक सञ्जाल टिकटकमा विज्ञापन गरेको पाइएको थियो । सोही आधारमा विभागमा उजुरी परेपछि जरिबाना र शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको हो ।

त्यस्तै प्रचलित कानुन, विभागको आदेश तथा निर्देशन पालना नगरेको भन्दै २ वटा म्यानपावरलाई सचेत गराइएको छ । टोखामा रहेको मास ह्युमन रिसोर्सेस र टेस्ला ओभरसिजलाई विभागको अभिलेखमा रहनेगरी पहिलो पटकका लागि सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?