News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
- आङ्देम्बेले संसद प्रतिपक्षको हैसियतमा कांग्रेसले सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको सशक्त प्रतिवाद गर्ने उल्लेख गरेका छन्।
- उनले पार्टीले मुलुकलाई नयाँ ढंगले अघि बढाउने नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन आफू लागिपर्ने बताए।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे प्रतिवादमा उत्रने चेतावनी दिए ।
लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा कांग्रेस प्रस्तुत हुने समेत उनको भनाइ थियो ।
‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछाँै । विशेष गरेर हामीले अपनाएको प्रणाली विशेष गरेर लोकतन्त्रमा संसद प्रतिपक्षको हुन्छ,’ आङ्देम्बेले भनेका छन् ।
नेता आङ्देम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताए ।
प्रतिक्रिया 4