+
+
Shares

कांग्रेसमा समाहित भयो कांग्रेस (बीपी)

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १७:०६

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए ।

सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस (बीपी)सँग एकता भएको जानकारी गराएका हुन् । कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए ।

डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?