+
+
Shares

चुनावको दिन हवाई यात्रुका लागि यसरी तोकियो सटल बसको रुट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा हुने चुनावको दिन स्वदेशी तथा विदेशी हवाई यात्रुलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म सटल बस सेवा दिइनेछ।
  • नेपाल पर्यटन बोर्डले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सेवा उपलब्ध गराउने र तीनवटा रुट तोकेको छ।
  • निर्वाचन आयोगले आन्तरिक हवाई सेवाका उडान अनुमति दिएपछि बोर्डले यस्तो सेवा दिन लागेको हो।

१७ फागुन, काठमाडौं । २१ फागुनमा हुने चुनावको दिन स्वदेशी तथा विदेशी हवाई यात्रुलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलस्थलसम्म लैजान सटल बसको रुट तोकिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सो दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि सेवा उपलब्ध हुनेछ । बोर्डका अनुसार पहिलो रुट एनएसी–न्यूरोड–कान्तिपथ–ठमेल–लैनचौर–मल्ल होटेल–नयाँ बजार–शंकर होटेल–र्‍याडिसन–दरबारमार्ग–याक एण्ड यति–नक्साल–गौशाला–बत्तिसपुतली (द्धारिका होटेल) हुँदै विमानस्थलसम्म चल्ने छ । सो बस सोही रुटबाट फिर्ता हुने समेत बोर्डको सूचनामा उल्लेख छ ।

दोस्रो रुट महाराजगन्ज चोक–नारायणथान चोक–धुम्बाराही (रामाडा होटेल)–चाबहिल–बौद्ध (हायात रिजेन्सी)–जोरपाटी चोक–चाबहिल–गौशाला हुँदै विमानस्थलसम्म तोकिएको छ ।

तेस्रो रुट कुपन्डोलस्थित हिमालयल होटेल–त्रिपुरेश्वर–कालिमाटी–सोल्टीमोड–कलंकी–एकान्तकुना–सातदोबाटो–ग्वार्को (रोयल टुलिप)–तीनकुने–नयाँ बानेश्वर–एभरेष्ट होटेल हुँदै विमानस्थल पुग्ने गरी रुट तय गरिएको छ । निर्वाचन आयोगले सो दिन आन्तरिक हवाई सेवाका समेत उडानको अनुमति दिएसँगै बोर्डले हवाई यात्रुलाई यस्तो सेवा दिन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?