+
+
Shares

दरबारमार्गस्थित ‘द पार्क’ मा लालीको फ्ल्यागसिप स्टोर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालीले दरबारमार्गस्थित द पार्कमा आफ्नो फ्ल्यागसिप खुद्रा स्टोर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
  • लालीले 'टच अफ नेपाल' अवधारणामा परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई संयोजन गर्दै सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ।
  • सार्क ट्यांक नेपालमा प्रस्तुतिपछि लालीले उल्लेखनीय गति हासिल गरेको र स्टोरले नेपाली उद्यमशीलतामा नयाँ उत्पादन र वातावरणको प्रतिनिधित्व गर्ने कम्पनीले दाबी गरेको छ।

१७ फागुन, काठमाडौं । नेपाली सौन्दर्य तथा केयर ब्रान्ड लालीले दरबारमार्गस्थित द पार्क मा आफ्नो फ्ल्यागसिप खुद्रा स्टोर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

उद्घाटनसँगै गुणस्तरीय, स्थानीय स्रोतमा आधारित सौन्दर्य सामग्री बजारसम्म पुर्‍याउन स्टोरबाट महत्वपूर्ण योगदान पुग्ने लालीले जनाएको छ ।

‘टच अफ नेपाल’ को अवधारणामा स्थापित लालीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई संयोजन गर्दै कपाल र छालाको हेरचाहसम्बन्धी समाधान प्रदान गर्दै आएको छ।

ब्रान्डले सार्क ट्यांक नेपालमा आफ्नो प्रस्तुतिपछि उल्लेखनीय गति हासिल गरेको छ । ‘सार्क ट्यांकले ब्रान्डलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

नेपालकै प्राकृतिक स्रोतलाई नै प्राथमिकता दिँदै सौन्दर्य उद्योगमा नयाँ ऊर्जा थपिरहेको कम्पनीले जनाएको छ । यो स्टोरले नेपाली उद्यमशीलतामा नयाँ उत्पादन र नयाँ वातावरणको प्रतिनिधित्व गर्ने लालीको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?