News Summary
Generated by OK AI. Editorially reviewed.- टीकापुर नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका टहरा र छाप्रा हटाउन सोमबारदेखि काम थालिएको छ।
- प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले १५ दिने सूचना दिएपछि पनि संरचना नहटाए डोजर चलाइएको बताए।
- नगरपालिकाले सरकारले दिएको निर्देशन र नीतिबमोजिम अतिक्रमण हटाउने काम विस्तारै अघि बढाउने जानकारी दिएको छ।
१४ वैशाख, धनगढी । कैलालीको टीकापुर बजार क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन थालिएको छ ।
टीकापुर नगरपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका टहरा तथा छाप्रा सोमबारदेखि हटाउन थालिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सार्वजनिक जग्गामा बनाइएका टहरा एवं छाप्राको पहिचान गरेर तिनलाई हटाउने काम थालिएको बताए ।
उनकाअनुसार अतिक्रमण गरिएका क्षेत्रमा आफैँ खाली गराउन नगरपालिकाले १५ दिने सूचना समेत जारी गरेको थियो तर उक्त अवधिमा संरचना नहटाउनेको हकमा डोजर चलाइएको उनी बताउँछन् ।
तत्काललाई सार्वजनिक स्थानमा बनाइएका खोका, छाप्रा लगायतका संरचना हटाउन लागिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धिमालले विस्तारै सरकारले निर्देशन र नीतिबमोजिम अघि बढ्ने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4