+
+
Shares

वर्षातको मौसममा घरको हेरचाह गर्ने १० उपाय

वर्षाको समयमा हावामा ओस निकै बढी हुन्छ । यसको मतलब यदि ओसलाई व्यवस्थापन गर्ने उपाय खोजिएन भने घरबाट ढुसी जस्तो दुर्गन्ध आउन थाल्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षा सुरु हुनुअघि घरको लिकेज जाँच गराउनुपर्छ, किनभने वर्षामा लिकेज ठूलो भए मर्मत गर्न गाह्रो हुन्छ।

वर्षातको मौसम धेरैलाई मनपर्न सक्छ, तर वर्षातको मौसममा घरलाई विशेष हेरचाह चाहिन्छ, किनकि वर्षमा पानीका थोपाहरूले घरमा विभिन्न तरिकाले आक्रमण गर्न सक्छन् । त्यसैले वर्षामा घरको हेरचाहसँग सम्बन्धित केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

१.कपडाको हेरचाह

वर्षामा हामी मात्र होइन, हाम्रा कपडाहरू पनि भिज्छन् र सबैभन्दा नराम्रो कुरा के हो भने भिजेपछि तिनीहरू छिटो सुक्दैनन् । त्यसैले धेरैजसो मानिसहरू वर्षामा बेड कभर, पर्दा, तौलिया आदि धुनबाट बच्न खोज्छन् । तर यो कुनै विकल्प होइन, किनकि केही समयपछि तिनीहरूबाट दुर्गन्ध आउन थाल्छ ।

त्यसैले कम कपडा धोए पनि, जुन जरुरी छन् तिनीहरूको सफाइबाट बच्न सकिँदैन । घरमा धुँदा नसुकेर कपडाहरू बिग्रिन्छन् जस्तो लाग्छ भने ड्राई क्लिनिङ गराउन सकिन्छ ।

२.घरलाई सुगन्धित बनाउने

वर्षाको मौसममा विभिन्न प्रकारका ब्याक्टेरियाहरू बढ्नका लागि उपयुक्त मौसम हो, त्यसैले घरको सफाइ नियमित रूपमा गर्नुपर्छ । सफाइ गरेपछि हरेक कोठामा सुगन्धित फूलहरूको एउटा सानो बाउल राख्न सकिन्छ । जसमा आफ्नो मनपर्ने एसेंशियल तेलका केही थोपा पनि हाल्न सकिन्छ यसले घरबाट मीठो र ताजा सुगन्ध आइरहन्छ ।

३.बिरुवाहरूलाई घरबाहिर राख्ने

यो मौसममा इन्डोर बिरुवाहरूको हेरचाह पनि निकै जरुरी हुन्छ । वर्षाको मौसममा घामको प्रकाश पर्याप्त नआउने हुँदा बिरुवाहरूलाई केही समयका लागि बाहिर राख्नु नै बुद्धिमानी हुन्छ ।

वर्षाको मौसममा बिरुवाका पातहरूमा विभिन्न प्रकारका किराहरू बढ्न थाल्छन्, त्यसैले तिनीहरूलाई घरभित्र राख्दा त्यो घरमा पनि फैलन सक्छन् । त्यसैले सम्भव भए इनडोर बिरूवाहरूलाई वर्षाको बेला बाल्कनीमा राख्नुपर्छ । अत्यधिक वर्षा भएमा तिनीहरूलाई भिज्नबाट जोगाउने व्यवस्था पनि गर्नुपर्छ ।

४.कार्पेटको हेरचाह

वर्षाको मौसममा कार्पेटको हेरचाह निकै खर्चिलो हुन्छ । कार्पेटले ओस र धुलो सोस्छ, जसका कारण तिनीहरूबाट अनौठो किसिमको दुर्गन्ध आउन थाल्छ । यसलाई रोक्नका लागि तिनीहरूलाई दैनिक भ्याक्युम क्लिन गर्नुपर्छ । साथै सम्भव छ भने वर्षाको समयमा कार्पेटलाई हटाएर वर्षापछि रख्न पनि सकिन्छ ।

५.बिजुलीका उपकरणहरूलाई वर्षाअघि नै ठीक गराउने

वर्षामा ठूलो पानी र हावाहुरीले विद्युत् प्रवाहमा उतारचढाव ल्याउँछ । यो समयमा ग्याजेटहरूमा यसको खराब प्रभाव नपरोस भनेर ध्यान दिनुपर्छ । यसका लागि वर्षा सुरु हुनुअघि नै इलेक्ट्रीशियन बोलाएर वायरिङ जाँच गराउनुपर्छ । कतै तारहरू भिजिरहेका छन् भने तिनलाई बदलाउनुपर्छ, ताकि शर्ट सर्किटको डर नहोस् । स्विच बोर्ड नजिक लिकेज छ भने बेवास्ता गर्नुहुँदैन मर्मत गरिहाल्नुपर्छ ।

६.किताबहरूको विशेष ख्याल राख्नुपर्छ

यदि घरमा किताबहरूको ठूलो संग्रह छ भने तिनीहरूलाई पनि वर्षाको प्रभावबाट बचाउनुपर्छ । किताब बिग्रिएपछि तिनलाई पहिलेजस्तो बनाउन सकिँदैन । त्यसैले किताबहरूको र्‍याकको हरेक कुनामा नेफ्थालिन बल र सिलिका जेल पाउच राख्नुपर्छ, यसले ओससँगै वर्षाको समयमा लाग्ने किराहरूबाट पनि किताबहरूलाई बचाउन सकिन्छ ।

७.वर्षाअघि नै लिकेज जाँच गराउने

वर्षा सुरु हुनुअघि नै पूरै घरको लिकेज जाँच गराउनुपर्छ । किनकि वर्षाको बेला कतैबाट लिकेज भइरहेको छ भने त्यसलाई ठीक गर्न निकै गाह्रो हुन्छ । लिकेज ठूलो भयो भने त्यसलाई रोक्न लगभग असम्भव हुन्छ । त्यसैले वर्षाअघि नै त्यसलाई मर्मत गर्नु राम्रो हुन्छ ।

८.घरलाई हावा चल्ने बनाउनु जरुरी छ

वर्षाको समयमा हावामा ओस निकै बढी हुन्छ । यसको मतलब यदि ओसलाई व्यवस्थापन गर्ने उपाय खोजिएन भने घरबाट ढुसी जस्तो दुर्गन्ध आउन थाल्छ । त्यसो नहोस् भनेर भेन्टिलेसन निकै जरुरी हुन्छ । सम्भव भएसम्म झ्यालहरू खोल्नुपर्छ ताकि हावा पास भइरहोस् । क्रस भेन्टिलेसनले घरबाट ओस्युक्त दुर्गन्ध आउन दिँदैन ।

९.घरको रिनोभेसन नगराउने

वर्षाको समयमा वा वर्षामा घरको रिनोभेसन गर्नबाट बच्नु नै बुद्धिमानी हुन्छ । यो समयमा रिनोभेसन गर्नु भनेको पैसा खेर फाल्नुजस्तै हो । घरमा कुनै पनि किसिमको तोडफोड सुक्खा मौसममा गराउनुपर्छ ताकि नयाँ काम सुक्न पर्याप्त समय मिलोस् ।

१०.फर्निचरको हेरचाह यसरी गर्ने

हामी सबैलाई थाहा छ, काठले नमी सोस्छ र फुल्छ । खासगरी वर्षाको मौसममा काठका फर्निचरहरू अलिकति फुलेर जान्छन् । त्यसो नहोस् भनेर फर्निचरको नियमित वाक्सिङ जरुरी छ । यसले फर्निचरलाई ओसबाट बचाउँछ र कीरा पनि लाग्दैन । वर्षाको समयमा यदि ढोका, ड्रअर र झ्यालहरू फुलेर बन्द भइरहेको छैन भने स्यान्डपेपरले अलिकति रगड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?