+
+
Shares

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
  • शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाई भएको हो।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

१५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

साथै सर्वोच्च अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्न समेत आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?