के तपाईंको कानमा रौं उम्रिएको छ ? छैन भने अरू धेरैको कानमा यसरी रौं उम्रिएको देख्नुभएकै होला । वास्तवमा, कानमा रौं उम्रिनु एक सामान्य जैविक प्रक्रिया हो ।
कानमा रौं हुनु र नहुनुले जैविकरूपमा हामीलाई केही प्रभाव पार्दैन । तर समुद्र शास्त्रले कानमा रौं बढ्नुलाई एक महत्त्वपूर्ण संकेतको रूपमा लिन्छ । जसले व्यक्तिको व्यक्तित्व, स्वास्थ्य, करियर, प्रेम जीवन र बुद्धिमत्ताको बारेमा जानकारी प्रकट गर्दछ ।
समुद्र शास्त्र भनेको व्यक्तिको शरीरका बाह्य अंगहरू र तिनको संरचनाका आधारमा उसको स्वभाव र भविष्यबारे विश्लेषण गर्ने एक प्राचीन विधा हो। यसलाई ज्योतिष शास्त्रकै एक अंगको रूपमा पनि मानिन्छ ।
समुद्र शास्त्रअनुसार, कानको रौं बढ्नु खुसी, समृद्धि र धनको संकेत हो । त्यस्ता व्यक्तिहरू मेहनती मात्र होइनन् तर धेरै इमान्दार पनि हुन्छन्।
समुद्र शास्त्रअनुसार कानमा फाट्टफुट्ट र अलिअलि रौं भएका व्यक्तिहरू शान्त स्वभावका हुन्छन् । तिनीहरू द्वन्द्वबाट टाढा रहँदै शान्तिपूर्ण जीवन बिताउँछन् ।
बाक्लो र खस्रो रौं भएका व्यक्तिहरू आत्मविश्वासले भरिपूर्ण हुन्छन् र जीवनप्रति फरक दृष्टिकोण राख्छन् ।
समुद्र शास्त्रका अनुसार, कानको रौं बाक्लो भएका व्यक्तिहरूको स्वास्थ्य राम्रो हुन्छ भनिन्छ । त्यस्ता व्यक्तिहरूको प्रतिरक्षा प्रणाली बलियो हुन्छ, जसले तिनीहरूलाई रोगहरूबाट टाढा रहन मद्दत गर्छ । यसबाहेक, तिनीहरू लामो जीवन बाँच्छन्।
समुद्र शास्त्रले कानमा हल्का र नरम कपाल भएका व्यक्तिहरू अत्यन्तै बुद्धिमान हुन्छन् भनी बताउँछ । तिनीहरूमा ठूला काम गरी सफलता हासिल गर्ने क्षमता हुन्छ । यसबाहेक, तिनीहरू जीवनका विभिन्न पक्षहरू राम्ररी बुझ्छन् ।
कानमा अत्यन्तै बाक्लो र गुजुल्टिएको कपाल भएका व्यक्तिहरू सामान्यतया समस्याग्रस्त हुन्छन् । तिनीहरूको जीवनमा उतारचढाव आउँछन् । तिनीहरू कहिल्यै कुनै पनि कुराबाट सन्तुष्ट हुँदैनन् ।
विशेष गरी शारीरिक र मानसिक समस्याहरूले तिनीहरूलाई सताउँछन् ।
प्रतिक्रिया 4