+
+
Shares

याम्बालिङ हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • याम्बालिङ हाइड्रोपावरले ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बुधबारदेखि खुलाएको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम २१ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ र आवेदन वैशाख २२ गतेसम्म खुला रहनेछ।
  • कम्पनीको ७.२७ मेगावाट आयोजनाको लागत २५ करोड ७३ लाख रुपैयाँ छ र केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ।

१६ वैशाख, काठमाडौं । आम सर्वसाधारणका लागि आज बुधबारदेखि याम्बालिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि अहिले १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन भएको हो ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । वैशाख २२ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार यस कम्पनीको प्रतिसेयर आम्दानी ६.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा छ । २ करोड ५५ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।  केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनी दायित्व वहनमा मध्यम अवस्थामा रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?