News Summary
Generated by OK AI. Editorially reviewed.- याम्बालिङ हाइड्रोपावर कम्पनीले ७० करोड रुपैयाँको ४० प्रतिशत सेयरमध्ये प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका लागि आईपीओ आवेदन खुलाएको छ।
- सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ का स्थानीय र वैदेशिक रोजगारमा रहेका क्रमशः ७ लाख र २ लाख १० हजार कित्ता सेयर आवेदन दिन सक्नेछन्।
- कम्पनीले ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गर्नेछ र यसको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ।
८ चैत, काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनीले आइतबारदेखि प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाई आईपीओमा आवेदन खुलाएको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुन लागेको हो ।
प्रभावितका रुपमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का स्थानीय पर्दछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई २ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
स्थानीय र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनी दायित्व वहनमा मध्यम अवस्थामा रहेको जनाउँछ ।
कम्पनीले हाल ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गर्नेछ । जसको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख तथा प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष तथा डिस्काउन्टमा १९.८७ वर्ष रहेको छ।
प्रतिक्रिया 4