+
+
Shares

गगनले तीन अर्ब राखेको आरोप लगाउने कान्छाराम पार्टीबाट निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ।
  • पार्टीको अनुशासन समितिको बुधबारको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको छ।
  • कृष्णप्रसाद दुलालले यो निर्णय कार्यवाहक मुख्यसचिवको रूपमा जानकारी दिनुभएको छ।

१६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।

उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए ।

जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको थियो ।

केही दिनअघि कान्छारामले दिएको ‘पार्टी सभापति गगनकुमार थापासँग तीन अर्ब रूपैयाँ छ’ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले २१ फागुनको चुनावमा एक अर्ब खर्च गर्दा पनि थापाले चुनाव जित्न नसकेको दाबी गरेको भिडियोमा सुनिन्थ्यो ।

यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ७ वैशाखमा बसेको बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?