+
+
Shares

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

प्रहरीको संयुक्त गस्ती टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा करिब ८० रोपनीमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले यो कारबाहीलाई नियमित नियन्त्रण अभियानको भाग भनेको छ।
  • प्रहरीले निगरानी र सचेतनामूलक गतिविधि कडा बनाउने र स्थानीयवासीलाई सूचना दिन आग्रह गरेको छ।

१७ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले फडानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले दुर्गम भूगोल, पहुँचको कठिनाइ र निगरानीको चुनौतीबीच फैलँदै गएको लागुऔषधजन्य वनस्पतिमाथि गरिएको यो कारबाहीलाई प्रहरीले ‘नियमित नियन्त्रण अभियान’ अन्तर्गतको कदम भनेको छ।

प्रहरीले फडानी गरिएको अफिम नष्ट गर्दै सम्भावित दुरुपयोग र अवैध कारोबार रोक्न समयमै कदम चालिएको बताएको छ ।

लागुऔषध नियन्त्रणका लागि निगरानी र सचेतनामूलक गतिविधि अझ कडा बनाइने जनाएको छ। साथै, यस्ता वनस्पति देखिएमा तत्काल सूचना दिन स्थानीयवासीलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?