+
+
Shares

गुठी जग्गामा बसेकाहरूले गरे जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन

बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसोबास गरिरहेका स्थानीयहरूले बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
  • उनीहरूले गुठीको जग्गाको लालपुर्जा उपलब्ध गराउन र डोजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्।
  • २०६२ सालमा गठन भएको कार्यदलले जनकपुरको गुठीमा करिब १० बिघा जग्गा अतिक्रमणमा परेको उल्लेख गरेको छ।

१७ वैशाख, जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ ।

गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् ।

बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् ।

जनकपुरधाममा गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको २०६२ सालमा गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूले सुकुमवासीलाई व्यवस्थापन नगरिकन डोजर आतंक नमच्चाउन सरकारसँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?