+
+
Shares

हुम्लामा पनि डेंगुका बिरामी फेला   

हुम्ला जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगु सङ्क्रमित फेला परेका छन् ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्ला जिल्ला अस्पताल सिमकोटमा ४५ वर्षीय मोती सुनारमा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
  • सुनारलाई तीन दिनअघि अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।
  • स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले मौसम परिवर्तन र तापक्रम वृद्धिका कारण डेंगु सङ्क्रमण फैलिएको हुनसक्ने बताए।

१७ वैशाख, हुम्ला । हुम्ला जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगु सङ्क्रमित फेला परेका छन् ।

अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए ।

उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए । हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ । परीक्षणका क्रममा डेंगु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने प्रमुख चिकित्सक तिवारीले बताए ।

जिल्ला बाहिर ननिस्केका सुनारलाई हुम्लामै डेंगु देखिएको चिकित्सक तिवारीले बताए । मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?