+
+
Shares

रोल्पा दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, उद्धार जारी

थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने उद्धार कार्य जारी छ।
  • लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका–१ जलजलामा भिरबाट करिब ८ सय मिटर तल खसेको थियो।
  • जिपमा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरू सवार थिए।

१७ वैशाख, काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ ।

लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?