+
+
Shares

डोजर चलेपछि उजाडिएको बल्खु क्षेत्र (फोटो/भिडियो)

डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहे । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भए ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख १८ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंका नदी किनार र विभिन्न वडामा सरकारी जग्गामा बनेका अतिक्रमित संरचनामा डोजर चलाउन सुरु गरेको छ।
  • बल्खु, वंशीघाट, शंखमुल, स्वयम्भु, बालाजु, सामाखुशी, खाडिपाखा, रानीबारी क्षेत्रमा डोजर चलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
  • सरकारले वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो र बाँकी ठाउँमा आजबाट डोजर सुरु गरेको छ।

१९ वैशाख, काठमाडौं । सरकारले देशभरका सरकारी जग्गामा बनेका अतिक्रतिम संरचनाहरूमा धमाधम डोजर चलाउन थालेको छ । शुक्रबार बिहानबाटै काठमाडौंका नदी किनार आसपास बनेका संरचनामा डोजर चलिरहेको छ ।

काठमाडौं महानगरपालिका– १४ स्थित बल्खु क्षेत्रमा अनधिकृत रूपले बनाइएका घर टहरामा पनि शुक्रबार बिहान डोजर चल्यो ।

घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ । डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहे । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भए । बल्खु नजिक पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ को वंशीघाट क्षेत्रका घर टहराहरुमा पनि आज नै डोजर चलेको थियो ।

अहिले शंखमुल क्षेत्रमा डोजर चलिरहेको छ । त्यस्तै, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो ।

बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।

हेर्नुस् तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?