News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचौ संस्करणको ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा तीन दिनसम्म चलेर १७ फिल्म प्रदर्शन गरी सम्पन्न भएको छ।
- मधेश प्रदेशको कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रम आयोजना गरिएको थियो।
- कार्यक्रममा उत्कृष्ट कलाकार र स्रष्टालाई पुरस्कार वितरण गरी नाढीमन तालको विषयमा पुस्तक विमोचन गरिएको थियो।
काठमाडौं । पाँचौ संस्करणको ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा १७ फिल्म प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहितको झाँकी प्रस्तुत गरिएको थियो । मधेश प्रदेशको कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रम पनि आयोजना गरिएका थिए ।
आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा ठूलो योगदान पुगेको बताए ।
चन्द्रनगर गाउँपालिकाको नाढीतालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टालाई पुरस्कार वितरण गर्नुको साथै नाढ़ीमन तालको बिषयमा लेखिएको पुस्तक बिमोचन समेत गरिएको थियो ।
महोत्सवका विजेता :
उत्कृष्ट फिल्म- मोहर
उत्कृष्ट निर्देशक- ओम प्रतीक गुरुङ (मोहर)
उत्कृष्ट अभिनेता- नाजीर हुसेन (गुन्युचोलो)
उत्कृष्ट अभिनेत्री- सुरक्षा पन्त (कोशेढुंगा)
उत्कृष्ट पटकथा- समुन्द्र भट्ट/नाजीर हुसेन (गुन्युचोलो)
जुरी अवार्ड- निर्देशक मिलन तामाङ (माइतीघर)
प्रोत्साहन अवार्ड- मन्जिलकुमार (कोशेढुंगा)
उत्कृष्ट सम्पादक- नहकुल खड्क (कोशेढुंगा)
उत्कृष्ट छायाँकार- बाबु श्रेष्ठ (कोशेढुंगा)
उत्कृष्ट आदिवासी फिल्म- नाक्छोङ
उत्कृष्ट छोटो फिल्म- नीलो आकाश
प्रतिक्रिया 4