News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बागमती खोला किनारा अतिक्रमण गरी बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ।
- डोजर चलाउँदा सो क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर माकुम्लुङ्ग समेत भत्काइएको छ।
१८ वैशाख, काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बिहानैदेखि डोजर चलाइएको छ । बागमती खोला किनारा अतिक्रमण गरी सुकुमवासीहरूले बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ । घरटहरा भत्काउने क्रममा सो क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर माकुम्लुङ्ग (महाकाली) मगक्लुङ्ग (जगतजननी) समेत भत्काइएको छ ।
स्थानीयले मन्दिर नभत्काउन सुरक्षाकर्मीहरूसँग आग्रह गरेका थिए ।

तर प्रहरीले डोजर लगएर मन्दिरमा पनि भत्काइ दिएको स्थानीय बिजुला बिकले बताइन् ।
यसअघि आजै बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको थियो ।

‘हामीले त हाम्रो घर भत्काए पनि मन्दिर नभत्काउन भनेका थियौं । महानगर प्रहरीले हुन्छ पनि भनेको थियो । तर पुलिस (नेपाल प्रहरी) आएपछि भत्काइदियो,’ उनले गुनासो गरिन् ।
स्थानीयका अनुसार यो मन्दिर १९ वर्षअगाडि बनाइएको थियो । माता बताउने पार्वती लामाले यो मन्दिर बनाएकी हुन् ।



प्रतिक्रिया 4