News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले धमाधम नदी किनारका अतिक्रमित संरचना हटाउन बालाजुस्थित बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा डोजर चलाएको छ।
- शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा डोजर चलिरहेको छ।
- सरकारले काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको छ र पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपासका संरचना हटाइएको थियो।
१९ वैशाख, काठमाडौं । धमाधम नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाइरहेको सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ ।
शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।
यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।
सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।
तस्वीरहरू–








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4