+
+
Shares

भीष्मराज आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १२:४१

१९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ ।

त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।

सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जसमध्ये तीनवटा अध्यादेश जारी भइसकेका छन् । विपक्षी दलहरूले भने अध्यादेश जारी गर्ने कार्यको विरोध गर्दै फिर्ता लिन आग्रह गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?