News Summary
Generated by OK AI. Editorially reviewed.- नोबेल मेडिकल कलेज विराटनगरमा मृगौलाको पत्थरीको शल्यक्रिया गराएका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएको छ।
- मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्।
- अस्पताल व्यवस्थापक दीपेश राईले उपचारमा लापरवाही नभएको दाबी गर्दै स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको बताउनुभयो।
१९ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।
मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।
भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।
उनको सोही दिन उनको दुरबिन प्रविधिबाट अप्रेसन गरिएको थियो ।
अपरेशन सफल भएपछि अब्जरभेसनमा राखिएको अवस्थामा उनको स्वास्थ्य बिग्रीएको थियो । उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।
नोबेल मेडिकल कलेजका व्यवस्थापक दीपेश राईले उपचारमा लापरवाही नभएको दाबी गरे । शल्यक्रिया गरिएका विरामीकोस्वास्थ्य बिग्रिएपछि थप उपचारका क्रममा मृत्यु भएको बताउँदै उनले भने, ‘उपचारमा लापरवाही भएको छैन ।’
प्रतिक्रिया 4