News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको मनराशीसवा नगरपालिका-२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा ६ हजार ९ किलो स्याउ बरामद भएको छ।
- सशस्त्र प्रहरी बल नेपालले स्याउ बोकेको प्रदेश ०२-०२-००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका तीन वटा गाडी नियन्त्रणमा लिएको छ।
- बरामद स्याउ ३४५ कार्टुनमा रहेको र आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया चलिरहेको छ।
१९ वैशाख, काठमाडौं । महोत्तरीमा नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार किलो स्याउ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपालले शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका-२ स्थित सीमा क्षेत्रबाट ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालमा सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले स्याउ बोकेका प्रदेश ०२-०२-००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका तीन वटा गाडी फेला परेको जनाएका छन् ।
उनका अनुसार ती गाडीमा ३४५ कार्टुनमा ६ हजार ९ किलोग्राम स्याउ बरामद भएको हो । बरामद गाडी तथा स्याउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4