+
+
Shares

पूर्वमिस नेपाल निकिता अभिनित नेटफ्लिक्स सिरिज ‘ग्लोरी’ स्ट्रिमिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल निकिता चाण्डकको भूमिका रहेको वेभ-श्रृंखला 'ग्लोरी' नेटफ्लिक्समा शुक्रबारदेखि प्रसारण भएको छ।
  • निकिताले 'ग्लोरी'मा सुरवीन नामको सानो तर अर्थपूर्ण भूमिका निभाएकी छन् र निर्देशक करण अंशुमनप्रति आभार व्यक्त गरेकी छन्।
  • निकिताले सन् २०१७ मा मिस नेपाल जितेकी थिइन् र उनको पछिल्लो नेपाली चलचित्र 'राजागञ्ज'को विश्व प्रिमियर भेनिसमा भएको थियो।

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको महत्वपूर्ण भूमिका रहेको वेभ-श्रृंखला ‘ग्लोरी’ को प्रसारण नेटफ्लिक्समा सुरु भएको छ । शुक्रबारदेखि दर्शकमाझ आएको यो श्रृंखलाले सुरुवातसँगै चर्चा पाउन थालेको छ ।

श्रृंखला सार्वजनिक भएपछि दर्शक र निकिताका प्रशंसकले विभिन्न दृश्यका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । एटोमिक फिल्म्सले निर्माण गरेको यो सिरिज कथा रहस्य र बदलामा आधारित रहेको बताइएको छ, जसले दर्शकलाई सुरुदेखि नै आकर्षित गर्ने प्रयास गरेको देखिन्छ ।

निकिताले पनि आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनले ‘ग्लोरी’मा सानो भए पनि अर्थपूर्ण भूमिका पाएको उल्लेख गर्दै सुरवीन नामको पात्र निर्वाह गरेकी जानकारी दिएकी छन् ।

उक्त पात्र रघुवीर सिंहकी पत्नी र देव, रवि तथा गुडियाकी आमा हुन् । साथै, उनले चर्चित कलाकार सुविन्दर विक्की र आशुतोष राणासँग एउटै पर्दामा देखिने अवसर पाएकोमा खुशी व्यक्त गरेकी छन् । निर्देशक करण अंशुमन र छनोट टोलीप्रति उनले आभार पनि व्यक्त गरेकी छन् ।

चाण्डक नेपालकी परिचित मोडल, अभिनेत्री तथा सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले सन् २०१७ मा मिस नेपाल जितेकी थिइन् र सोही वर्ष मिस वल्र्डमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । अभिनय यात्रा उनले नेपाली चलचित्र ‘साङ्लो’बाट सुरु गरेकी हुन् ।

गत वर्ष उनले निर्देशक संजयलीला भन्सालीको आगामी चलचित्रमा काम गर्ने तयारीबारे जानकारी दिएकी थिइन् । यसअघि उनी अभिनेता राजकुमार रावसँग एक विज्ञापन चलचित्रमा पनि देखिएकी थिइन् ।

निकिता अभिनित पछिल्लो नेपाली चलचित्र ‘राजागञ्ज’ हो, जसलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका थिए । उक्त चलचित्रको विश्व प्रिमियर भेनिसमा भएको थियो, जसले उनको अन्तर्राष्ट्रिय यात्रालाई थप मजबुत बनाएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?