+
+
Shares

नेटफ्ल्क्सि वेब-सिरिज ‘ग्लोरी’ मा पूर्वमिस नेपाल निकिता चाण्डक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल निकिता चाण्डकलाई नेटफ्लिक्सको वेब-सिरिज 'ग्लोरी' मा देख्न पाइने भएको छ।
  • निकिताले इन्स्टाग्राममा मे १ देखि नेटफ्लिक्समा 'ग्लोरी' हेर्न आग्रह गरेकी छन् र यो उनको पहिलो वेब-सिरिज हो।
  • सिरिज थ्रीलर र बदलाको कथामा आधारित छ र एटोमिक फिल्म्सले निर्माण गरेको हो।

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकलाई नेट्फिल्क्सको वेब-सिरिज ‘ग्लोरी’मा देख्न पाइने भएको छ । चाण्डक आफैले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी छन् ।

यो हिन्दी वेब-सिरिज निकिताको डेब्यू हुनेछ, जसलाई १ मेमा नेटफ्ल्क्सिमा स्ट्रिमिङ गर्ने तयारी छ ।

निकिताले इन्स्टाग्राममा लेखेकी छन्, ‘मेरो लागि यो ‘रेड सिजन’ जस्तो देखिँदैछ, सायद यो मेरो लागि ‘नेटफ्लिक्स सिजन’ भएकै कारण । मे १ देखि नेटफ्लिक्समा ‘ग्लोरी’ हेर्नुहोस् । यो मेरो पहिलो वेब-सिरिज हो ।’

यो पोस्टमा उनलाई बधाइ तथा शुभकामनाका प्रतिक्रिया आइरहेको देखिन्छ । यो फिल्मलाई एटोमिक फिल्म्सले निर्माण गरेको हो । थ्रीलर र बदलाको कथामा सिरिज आधारित रहेको देखिन्छ ।

यद्यपि, सिरिजमा निकिताको भूमिका के हो र कति लामो छ भन्ने उनले खुलाएकी छैनन् ।

निकिता नेपालकी चर्चित मोडल, अभिनेत्री तथा सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले मिस नेपाल २०१७ जितेकी थिइन् र सोही वर्ष मिस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।

उनले अभिनय करिअरको सुरुवात नेपाली फिल्म ‘साङ्लो’ बाट गरेकी हुन् । पछिल्ला वर्षहरूमा उनी भारतको मुम्बईमा बसेर अभिनय, विज्ञापन र डिजिटल प्रोजेक्टमा सक्रिय छिन् ।

गतवर्ष संजयलीला भन्सालीको आगामी फिल्म खेल्न लागेको बताएकी थिइन् । राजकुमार रावसँग एक विज्ञापन फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘राजागञ्ज’ हो, जसलाई दीपक रौनियारले निर्देशन गरेका थिए । यो फिल्म भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो ।

 

View this post on Instagram

 

A post shared by Nikita Chandak (@chandak_nikita)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?