+
+
Shares

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले पनि दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अध्यादेश जारी हुनुअघि शुक्रबार राजीनामा दिएका छन्।
  • सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने गरी ११० वटा कानुन संशोधन गरी १५ सयभन्दा बढी नियुक्ति खारेज गर्ने अध्यादेश जारी गरेको छ।
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहितका पदाधिकारी र अन्य विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिएका छन्।

१९ वैशाख, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएका हुन् ।

‘अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको हुँ,’ उनले भने । २०७९ माघमा उनी नियुक्त भएका थिए ।

सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्नेगरी अध्यादेश जारी गरेको छ ।

राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतका अनुसार, विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुनेगरी अध्यादेश जारी भएको हो ।

उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।

अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालसहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

१७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । यसैगरी शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर  नेपालले पनि राजीनामा दिएका थिए । त्यसैगरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?